स्वयम्भुमा गाडीको ठक्करबाट १ जनाको मृत्यु

स्वयम्भुमा गाडीको ठक्करबाट १ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गाडीको ठक्करबाट काठमाण्डुको स्वयम्भुमा १ जनाको मृत्यु भएको छ ।

आज शुक्रबार काठमाण्डु महानगरपालिका–१५ स्वयम्भू चमतीस्थित सडकमा प्रदेश ३–०१–२३ च ०४७० नम्बरको गाडीले बागमती प्रदेश ०२–०४४ प १७६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको हो ।

ठक्करबाट मोटरसाइकलमा सवार धादिङको ज्वालामुखी गाउँपालिका–२ घर भई हाल काठमाण्डुको बानियाँटार बस्ने २५ वर्षीय सुजन तामाङको मृत्यु भएको छ ।

प्रहरीका अनुसार ठक्करबाट गम्भीर घाइते भएका उनको क्षेत्रपाटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई उपचारका लागि वीर अस्पताल लगिएको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।