काठमाण्डु – झापा जिल्लाको अर्जुनधारा नगरपालिका–१० मा आगलागीबाट १ वृद्धाको मृत्यु भएको छ ।
घरमा आगलागी हुँदा स्थानीय ७५ वर्षीया दिलकुमारी राईको जलेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
आगलागीमा परी दिलकुमारीका पति ७३ वर्षीय शिवकुमार राई घाइते भएका छन् । उनलाई बीएण्डसी अस्पताल बिर्तामोड हुँदै थप उपचारको लागि शनिश्चरे अस्पताल शनिश्चरे पठाइएको छ ।




प्रतिक्रिया