अर्घाखाँची बस दुर्घटनामा मृत्यु भएका १९ जनाकै सनाखत (नामसहित)

अर्घाखाँची बस दुर्घटनामा मृत्यु भएका १९ जनाकै सनाखत (नामसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – बुधबार अर्घाखाँचीमा भएको बस दुर्घटनामा मृत्यु भएका सबै १९ जनाकै सनाखत भएको छ ।

दुर्घटनामा १७ को घटनास्थलमै र दुईको उपचारका क्रममा मृत्यु भएको हो । घाइतेमध्ये एकको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र ठाडा र अर्का एकको चौराह अस्पताल बुटवलमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए ।

सन्धिखर्कबाट बुटबलका लागि दिउँसो १ः३० बजे छुटेकोे लु२ख २१४८ नंको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको थियो ।

दुर्घटनामा १८ घाइते भएका मध्ये भैरहवामा सातको र नौको बुटवलमा उपचार भइरहेको छ । उपचारपछि दुई घर फर्किएका छन् ।

मृत्यु हुनेहरुको नामावली

शिवलाल भट्टराई (५६) सन्धीखर्क नगपालिका –७ डिहिडाँडा
माया पुरी (२२) सन्धीखर्क नगपालिका –७ डिहिडाँडा
बलराम भट्टराई (५४) सन्धीखर्क नगपालिका –७ डिहिडाँडा
शोभाखर पोख्रेल (३ महिना) वाणगंगा नगरपालिका ७ कपिलवस्तु
सीता बस्नेत (२७) वाणगंगा नगरपालिका ८ कपिलवस्तु
छविलाल गैरे (५४) सन्धिखर्क नगरपाकिला–१०
मोनिका खड्का (९) सन्धिखर्क नगरपाकिला–७
वसन्त भन्ने ओमबहादुर थापा (सवारी चालक, ३२) गुल्मी मदाने गाउँपालिका
शैलैस थापा (२२) भूमिकास्थान नगरपालिका ९ अर्घाखाँची
सन्तबहादुर बस्नेत (३८) सितगङ्गा नगरपालिका–२
राजकुमार महत, (२७) धुर्कोट गापा २ गुल्मी
सीता कुमारी सार्की (५९) सन्धीखर्क नगरपालिका २
सीता घिमिरे (५०) भुवनेश्वरी नगरपालिका ९
विष्णुमाया गैरे (५०) भुवनेश्वरी नगरपालिका ९
मघनाथ जैसी भण्डारी (५१) भुवनेश्वरी नगरपालिका ७
मञ्जु विक (१५) सीतागंगा नगरपालिका १
कृष्णबहादुर सुनार (४२) छत्रदेव गापा ८
लोकबहादुर दर्जी (४८) सीतागंगा नगरपालिका ७
हरिबहादुर दर्जी (५५) सीतागंगा नगरपालिका ७