हेटौंडा – मकवानपुरको मनहरीमा घाँस काट्न गएकी १ महिलाको रुखबाट लडेर मृत्यु भएको छ ।
मनहरी गाउँपालिका–७ रमौलीकी रीता सुनारी मगरको रुखबाट लडेर आज सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार २८ वर्षीया मगर सोमबार बिहान ८ बजे स्थानीय रमौली जंगलमा घाँस काट्न गएकोमा रुखबाट लडेर घाइते भएपछि चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचारको लागि लगिएको थियो ।
मगरको उपचारको क्रममा बिहान १०ः२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरी जानकारी दिएको छ ।




प्रतिक्रिया