करेन्ट लागेर ३ जनाको मृत्यु

करेन्ट लागेर ३ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – छुट्टाछुट्टै घटनामा करेन्ट लागेर ३ जनाको मृत्यु भएको छ ।

रामेछापको दौरम्बा शैलुङ गाउँपालिका–५ काभ्रेचौर बस्ने ३५ वर्षीय महेन्द्र कडेलको करेन्ट लागेर मृत्यु भएको छ ।

घर नजिकै रहेको देवी थान मन्दिरमा पूजा गर्नको लागि बिजुलीको बल्ब राख्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको हेम्स अस्पताल काठमाण्डुमा उपचारको क्रममा मृत्यु भएको छ ।

रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–६ लुम्बिनीस्थित मलेसियन मन्दिरको ट्रष्ट बनाउने क्रममा करेन्ट लागेर बाराको कलैया उपमहानगरपालिका–२० बस्ने २४ वर्षीय कर्मुल्ला ठकुराई मुसलमानको मृत्यु भएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको भीम अस्पतालमा भैरहवामा उपचारको क्रममा मृत्यु भएको छ ।

धादिङको नेत्रावती गाउँपालिका–४ चमैकोट बस्ने ४५ वर्षीया निर्मला तामाङको करेन्ट लागेर मृत्यु भएको छ । बाटोमा हिँडिरहेको अवस्थामा मेन लाइन तार चुडिएर करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

सबै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।