धनुषामा रेलले किचेर भारतीय नागरिकको मृत्यु

धनुषामा रेलले किचेर भारतीय नागरिकको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम – नेपाल रेलवेले किचेर आज बिहानै एकजनाको मृत्यु भएको छ । धनुषाको बिदेह नगरपालिकाको ईटहर्वा र दुहबीको बिचको बैदेही स्टेशनमा रेलले किचेर एक पुरुषको मृत्यु भएको हाे ।

मृत्यु हुनेमा भारत बिहार मधुवनी जिल्ला बेल्हीको अन्दाजी वर्ष ५५ को विन्देश्वर दासको रहेको भएको धनुषाका एसपी मित्रबन्धु शर्माले जानकारी दिए ।

बिहान ८ः ४० बजे जनकपुरधामबाट जयनगरको लागि छुटेको रेलले किच्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लिक पार गर्न खोज्दा रेलले किचेर दासको शरीर दुई टुक्रा भएको छ ।