अटो र मोटरसाइकल ठोक्किँदा महिलाको मृत्यु

अटो र मोटरसाइकल ठोक्किँदा महिलाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज – रौतहटमा अटो र मोटरसाइकल एकआपसमा ठोक्किँदा १ महिलाको मृत्यु भएको छ ।

बुधबार राति १० बजे चन्द्रपुर नगरपालिका–५ पूर्वपश्चिम राजमार्गको जगत पेट्रोल पम्पनजिकै ना२ह २४५३ नम्बरको अटो र विपरीत दिशाबाट आउँदै गरेको ज७प ८२५० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी अटोमा सवार चन्द्रपुर नगरपालिका–४ मुस्लिम टोल बस्ने ३५ वर्षीय शैरुन खातुनको मृत्यु भएको रौतहटका प्रहरी प्रवक्ता डीएसपी दामोदर केसीले बताए ।

घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।