भूकम्पले घर भत्काएपछि त्रिपालमा बस्दै आएका २ वृद्धको चिसोले मृत्यु

भूकम्पले घर भत्काएपछि त्रिपालमा बस्दै आएका २ वृद्धको चिसोले मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चिसो बढ्दै जाँदा जाजरकोटमा २ वृद्धको मृत्यु भएको छ ।

भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्की र बारेकोट गाउँपालिका–४ जिरीका नरेन्द्रबहादुर सिंहको चिसोका कारण मृत्यु भएको छ ।

त्रिपालमुनि बस्दै आएका कार्की र सिंह दुवै दमका बिरामी थिए । कार्कीको मंगलबार र सिंहको बुधबार ज्यान गएको स्थानीयले जनाएका छन् ।

भूकम्पपछि घरमा बस्न नमिल्ने भएकाले जाजरकोटका ३४ हजार बढी परिवार त्रिपालमुनि बस्दै आएका छन् ।