भुइँमा लत्रिएको बिजुलीको तार कुल्चिँदा मृत्यु

भुइँमा लत्रिएको बिजुलीको तार कुल्चिँदा मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ – बागलुङमा भुइँमा लत्रिएको बिजुलीको तार कुल्चिँदा एकजनाको मृत्यु भएको छ। करेन्ट लागेर निसीखोला गाउँपालिका– ३ ढुवाखोर काउलेका ६२ वर्षीय भाजवीर नेपालीको आज ज्यान गएको हो।

गाउँबाट ढुवाखोर बजारतर्फ जाने क्रममा निसीखोला दोस्रो लघुजलविद्युत् आयोजनाको भुइँमा लत्रिएको तार कुल्चिँदा विकलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्ष मदन केसीले जानकारी दिए। उनको घटनास्थलमै मृत्यु भएको हो।

स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। अहिले इलाका प्रहरी कार्यालय बुर्तिबाङको टोली घटनास्थलमा पुगेको छ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। विद्युत् आयोजनाको लापरबाहीका कारण नेपालीको मृत्यु भएको स्थानीयको आरोप छ।