विराटनगर – मोरङको पथरीशनिश्चरेमा रुखबाट खसेर महिलाको मृत्यु भएको छ ।
पथरीशनिश्चरे नगरपालिका–५ शान्ति टोलकी अन्दाजी ३६ वर्षीया कल्पना श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए ।
पिठारीको रुखमा चढेर घाँस काट्ने क्रममा खसेर घाइते भएकी उनको विराटनगरको आर्या न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।




प्रतिक्रिया