मोदीको बैठकका लागि खटिएका प्रहरी सवार कार दुर्घटना, ६ जनाको मृत्यु

मोदीको बैठकका लागि खटिएका प्रहरी सवार कार दुर्घटना, ६ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – राजस्थानको चुरु जिल्लाको सुजानगढमा आइतबार बिहान भएको सडक दुर्घटनामा ६ प्रहरीको मृत्यु भएको छ ।

दुर्घटनामा पाँच प्रहरीको घटनास्थलमै मृत्यु भएको छ भने एक घाइते प्रहरी जवानको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ भने अर्का प्रहरीको जोधपुरको अस्पतालमा उपचार भइरहेको छ ।

राजस्थान प्रहरीका अतिरिक्त निर्देशक गोविन्द पारीकका अनुसार सबै प्रहरीहरू प्रधानमन्त्री नरेन्द्र मोदीको बैठकमा ड्युटीमा गएका थिए। राजस्थानका डीजीपी उमेश मिश्राले एक विज्ञप्ति जारी गर्दै दुर्घटना चुरुको सुजानगढ सदर पुलिस स्टेशन क्षेत्रमा भएको बताएका छन्।

झुन्झुनमा ड्युटीमा गइरहेका सात प्रहरीको कार राजमार्गमा रहेको ट्रलीसँग ठोक्किएको उनले बताए । दुर्घटनामा परी नागौर जिल्लाको खिन्वसर थानाका प्रहरी जवान रामचन्द्र, कुम्भराम, थानाराम, लक्ष्मण सिंह र सुरेशको मृत्यु भएको छ ।

डीजीपीका अनुसार दुवै घाइतेलाई ग्रीन कोरिडोरबाट जोधपुर एमडीएम अस्पताल लगिएको थियो, बाटोमा एक जवानको मृत्यु भयो।