छोराको कुटपिटबाट आमाको मृत्यु

छोराको कुटपिटबाट आमाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मनहरी – मकवानपुरको मनहरी गाउँपालिकामा सौतेनी छोराको कुटपिटबाट एक जना महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मनहरी गाउँपालिका–५ डिल्लीपुर बस्ने डिलबहादुर चेपाङकी कान्छी श्रीमती ५० वर्षीय सन्तमाया चेपाङ रहेको मकवानपुरका प्रहरी नायब निरीक्षक एवं प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।

मकवानपुर प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक भण्डारीका अनुसार सन्तमायालाई कात्तिक २७ गते डिलबहादुरकी जेठी श्रीमतीका २६ वर्षीय छोरा ईन्द्रबहादुर चेपाङले कुटपिट गरी घाइते बनाएका थिए ।

घाइते सन्तमायाको चितवनस्थित सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा आज मृत्यु भएको प्रवक्ता भण्डारीले जानकारी दिए ।कुटपिटमा संलग्न ईन्द्रबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाका बारेमा अनुसन्धान भइरहेको प्रवक्ता भण्डारीले बताए ।