हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – मोरङको बेलबारी नगरपालिकामा हात्तीको आक्रमणमा परी १ पुरुषको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले लेटाङ नगरपालिकाका ५२ वर्षीय कमल माझीको सोमबार मृत्यु भएको बताए ।

बेलबारी नगरपालिका–१० भाउन्नेस्थित बेलबारी चिसाङ साझेदारी सामुदायिक वनमा घटना भएको प्रहरीले जनाएको छ । सोमबार बिहान साइकलमा घरेलु मदिरा बनाउने मर्चा लिएर फर्किने क्रममा हात्तीले आक्रमण गर्दा घटना भएको सामुदायिक वनका अध्यक्ष दिनेश गिरीले बताए ।

लेटाङबाट बेलबारी आउने क्रममा बिहान साढे १० बजेतिर स्थानीयले शव देखेपछि सामुदायिक वन कार्यालय तथा प्रहरीलाई खबर गरेका थिए । शवलाई पोस्मार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरतर्फ लगिएको जनाइएको छ ।