इजरायलले गरेको आक्रमणमा अल जजिरा टेलिभिजनका क्यामराम्यानको ज्यान गयो

इजरायलले गरेको आक्रमणमा अल जजिरा टेलिभिजनका क्यामराम्यानको ज्यान गयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- इजरायलले गाजामा गरेको आक्रमणमा अल जजिरा टेलिभिजनका एक क्यामराम्यानको ज्यान गएको छ ।

गाजा सहरको एक स्कुलमा इजरायली हमलाबारे रिपोर्टिङ गरिरहेका बेला इजरायली सेनाको आक्रमणबाट अल जजिराका क्यामराम्यान समर अबू दक्काको ज्यान गएको हो ।

शुक्रबार भएको आक्रमणमा अल जजिराकै गाजा संवाददाता घाइते भएका छन् । रिपोर्टिङकै क्रममा ड्रोनबाट आक्रमणको घटना भएको अल जजिराको खबरमा उल्लेख छ । इजरायली सेनाले घटनाबारे प्रतिक्रिया दिएको छैन । घाइते पत्रकार वायल अल दहदौकी श्रीमती, छोरा र छोरीकासाथै नातिको गएको अक्टोबरमा भएको आक्रमणमा ज्यान गएको थियो ।

.