गुडिरहेको बसको टायर फुस्किएर चोट लाग्दा पैदल यात्रीको मृत्यु

गुडिरहेको बसको टायर फुस्किएर चोट लाग्दा पैदल यात्रीको मृत्यु


मोरङ – गुडिरहेको बसको टायर फुस्किएर चोट लाग्दा कानेपोखरी गाउँपालिका–६ बस्ने ३० वर्षीय वीरेन्द्र पौडेलको मंगलबार बिहान मृत्यु भएको छ ।

कानेपोखरी गाउँपालिका–७ स्थित सडकमा प्रदेश १–०१–००१ ख ३९२२ नम्बरको बसको टायर अचानक फुस्किएर लाग्दा गम्भीर घाइते भएका उनको विराट नर्सिङ होम विराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ ।

बस चालकलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।