काठमाण्डु- भारतको केरलामा कोभिड-१९ को नयाँ भेरियन्ट जेएन वानबाट ३ जनाको मृत्यु भएको छ । केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जारी गरेको तथ्याङ्क अनुसार बुधबार केरलामा कोभिड-१९ का ३०० संक्रमित फेला परेका छन् ।
केरलामा सक्रिय संक्रमितको संख्या बढेर २ हजार ३४१ पुगेको छ । केरला बाहेक, अन्य सबै राज्यहरूमा सक्रिय संक्रमितको संख्या ३२८ मात्र छ ।




प्रतिक्रिया