बसको ठक्करबाट स्कुटरमा सवार १ जनाको मृत्यु

बसको ठक्करबाट स्कुटरमा सवार १ जनाको मृत्यु


काठमाण्डु – पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कमलमा बसले स्कुटरलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ ।

कमल गाउँपालिका–४ स्थित ज्योति चोकमा सोमबार बिहान ९ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे११प २०५१ नम्बरको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको को१ख ६४३५ नम्बरको बस ठोक्किँदा १ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी स्कुटरको पछाडि सवार अर्जुनधारा नगरपालिका–७ निवासी ५० वर्षीय टेकनाथ खतिवडाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दुर्घटनामा घाइते खतिवडालाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको छ ।

स्कुटर चालक अर्जुनधारा–९ निवासी २१ वर्षीय कमलप्रसाद खतिवडा र बस चालक मोरङ कानेपोखरी– ६ निवासी ३० वर्षीय केशव बस्नेतलाई ईलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ ।