मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रूकुम पश्चिम – जिल्लाको चौरजहारी नगरपालिका–१ नाखिरामा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

कर्णाली प्रदेश ०२–००१ प ९०७४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदल यात्री स्थानीय ४० वर्षीय संगम प्रकाश गिरीको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको छ । ठक्करबाट घाइते भएका अन्य २ जना पैदल यात्रीको अस्पतालमा उपचार भइरहेको छ ।

मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।