कपिलवस्तु – शिवराज नगरपालिका–३ सुपा देउराली मोडस्थित सडकमा गाडी दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।
प्रदेश २–०३–००१ च ५७८४ नम्बरको बोलेरो गाडी आफैं अनियन्त्रित भई आज शुक्रबार बिहान दुर्घटना हुँदा गाडीका सहचालक पर्साको वीरगञ्ज महानगरपालिका–१६ नगवा बस्ने १५ वर्षीय शेख आषिफको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका बोलेरोका चालकलाई थप उपचारको लागि चौराहा अस्पताल बुटवल पठाइएको छ । दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया