मृत अवस्थामा ३ जना फेला

मृत अवस्थामा ३ जना फेला


काठमाण्डु – देशभर विभिन्न स्थानमा मृत अवस्थामा ३ जना फेला परेका छन् ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–१ गाँखुस्थित सडकमा अन्दाजी ५० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

धनुषाको जनकपुर उपमहानगरपलिका–७ तपसी चोकस्थित क्याफे एण्ड रेष्टुरेन्टको बार्दलीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

उदयपुरको कटारी नगरपालिका–३ स्थित फोहोर फाल्ने डम्पिङ साईडमा अन्दाजी ९ महिना पुगेर जन्मिएको जस्तो देखिने पुरुष जातको नवजात शिशुको शव बुधबार फेला परेको छ ।

फेला परेका शवहरू सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।