बैतडीमा टिप्पर दुर्घटना हुँदा १ जनाको मृत्यु

बैतडीमा टिप्पर दुर्घटना हुँदा १ जनाको मृत्यु


धनगढी – बैतडी जिल्लामा टिप्पर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

जिल्लाको मेलौली नगरपालिका–६ हतरंगास्थित सडकमा सुप प्र ०१००१ क २३९४ नम्बरको टिप्पर अनियन्त्रित भई सडकबाट करीब ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

आज बिहीबार बिहान भएको दुर्घटनामा सहचालक मेलौली नगरपालिका–१ नोर्खादेही बस्ने २० वर्षीय रोहित दयालको मृत्यु भएको छ । टिप्पर चालकलाई नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।