काठमाण्डु – देशका विभिन्न स्थानमा ३ जना मृत अवस्थामा फेला परेका छन् ।
काठमाण्डुको दक्षिणकाली नगरपालिका–५ शेषनारायण मन्दिर नजिक बाटोमा जुम्लाको चन्दननाथ नगरपालिका–१० घर भएकी ५१ वर्षीया देवी अधिकारी शुक्रबार मृत अवस्थामा फेला परेकी छन् ।
जुम्लाको तिला गाउँपालिका–२ लर्मी गाउँ बस्ने ४१ वर्षीय असिमान रावत सोही ठाउँस्थित जंगलमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–११ शारदादेवी सामुदायिक वनमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
मृत फेला परेको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया