काठमाण्डु – देशका विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला परेका छन् ।
भोजपुरको आमचोक गाउँपालिका–३ खाईताङस्थित खोल्सामा आमचोक नगरपालिका–३ चण्डीडाँडा बस्ने ताराबहादुर खत्रीको छोरी १३ वर्षीया कृष्णा खत्री शुक्रबार मृत अवस्थामा फेला परेकी छन् ।
पर्साको बहुदरमाई नगरपालिका–७ फुलकौलस्थित फलिया पोखरीमा स्थानीय ३० वर्षीय नरेश राम शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
काभ्रेको पनौती नगरपालिका–५ सुन्दरबस्ती बस्ने ३४ वर्षीय दिपक खत्री आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
उदयपुरको बेलका नगरपालिका–८ बकुन्द्रे खोलामा स्थानीय ६९ वर्षीय नरबहादुर विक शनिबार मृत अवस्थामा फेला परेका छन् ।
पाल्पाको तानसेन नगरपालिका–१ भुसालडाँडा बस्ने ३५ वर्षीया रीता सोमई आफ्नै घरभित्र शुक्रबार मृत अवस्थामा फेला परेकी छन् ।
बर्दियाको राजापुर नगरपालिका–१० स्थित मझेरा जाने झुलुङ्गे पुलको तल मधुवन नगरपालिका–२ ओराली बजार बस्ने ३५ वर्षीय सरोज सुनार शनिबार मृत अवस्थामा फेला परेका छन् । घटनाको आवश्यक अनुसन्धानका लागि प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ ।
मृत फेला सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया