हृदयघातबाट न्यायाधीश मरासेनीकाे मृत्यु

हृदयघातबाट न्यायाधीश मरासेनीकाे मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- पाटन उच्च अदालतका न्यायाधीश मातृकाप्रसाद मरासिनीको निधन भएको छ। मरासिनीको आज बिहान हृदयाघातबाट निधन भएको हो।

घरमै हृदयाघात भएका उनलाई कलंकीको नेसनल अस्पताल लगिएको थियो। मरासिनी अघिल्लो सातामात्रै सरुवा भएर पाटन आएका थिए। लामो समय जिल्ला न्यायाधीश रहेका उनी पुस १८ मा उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका हुन्।

उनको आजका लागि एकल इजलास र न्यायाधीश चन्द्रमणि ज्ञवालीसँगको संयुक्त इजलाससमेत तोकिएको थियो।