सडक दुर्घटनामा पूर्व मन्त्री पौडेलको मृत्यु

सडक दुर्घटनामा पूर्व मन्त्री पौडेलको मृत्यु


काठमाण्डु – बागमती प्रदेश सरकारका पूर्व भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री बलराम पौडेलको सडक दुर्घटनामा मृत्यु भएको छ ।

गैंडाकोट नगरपालिका–५ कालीगण्डकी चोकमा बुधबार भएको दुर्घटनामा उनको मृत्यु भएको छ ।

ईलाका प्रहरी कार्यालय गैंडाकोटका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना४६प ७७५९ नम्बरको मोटरसाइकललाई ग१ख ८५४७ नम्बरको जन्ती बोकेको बसले ठक्कर दिँदा ६७ वर्षीय पौडेलको निधन भएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१७ बनगाई निवासी पौडेल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थिए ।