काठमाण्डु – कञ्चनपुरमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।
जिल्लाको पुनर्वास नगरपालिका–३ आईबीआरडीमा पोलमा तार विस्तार गरिरहेका बेला पुनर्वास नगरपालिका–१ पुरैनाका ३२ वर्षीय राधेश्याम रानाको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
करेन्ट लागेर घाइते भएका रानाको उपचारका क्रममा धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले बताए ।
पूर्णागिरी कन्सट्रक्सन प्रालिले नेपाल विद्युत् प्राधिकरणबाट ठेक्का लिई लाइन अपग्रेडिङको काम गरिरहेको थियो । मृतक राना कामदार रहेका प्रहरीले जनाएको छ ।




प्रतिक्रिया