आफ्नै हतियारबाट गोली लागेर लेबननमा तैनाथ शान्ति सैनिकको निधन

आफ्नै हतियारबाट गोली लागेर लेबननमा तैनाथ शान्ति सैनिकको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शान्ति स्थापना कार्यका लागि लेबननमा तैनाथ शान्ति सैनिकको निधन भएको छ ।

श्री पुरानो गोरख गण (शान्ति सेना) ६४औं डफ्फामा कार्यरत सिपाही शुवास थापाको बिहीबार निधन भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

बागमती प्रदेशको दोलखा जिल्ला निवासी सिपाही थापा गण हेडक्वार्टरको बंकरमा स्ट्याण्डवाइ ड्युटीमा रहँदा आफैंले बोकेको हतियारबाट गोली लागेर घाइते अवस्थामा फेला परेका र गण हेडक्वार्टरमा रहेको अस्पतालमा उपचारका लागि लगिएकोमा निधन भएको छ ।

स्वर्गीय सिपाही शुवासको पार्थिव शरीर स्वदेश ल्याउन आवश्यक समन्वय भइरहेको सेनाले जनाएको छ ।

हाल मिशन तैनाथ रहेको लेबननको सीमावर्ती ईलाकामा लडाइ चलिरहेको हुँदा त्यसको मनोवैज्ञानिक असर वा अन्य कुनै कारणबाट घटना घटेको हो भन्ने बारेमा बुझ्ने कार्य भइरहेको जनाइएको छ । हाल तैनाथ गणमा रहेका सकलदर्जाको १ वर्ष कार्यअवधि पुग्ने क्रममा रहेको र फागुनको दोस्रो हप्ताबाट रोटेसन हुने प्रारम्भिक जानकारी प्राप्त भएको सेनाले जनाएको छ ।