ठमेलमा चिनियाँ नागरिक मृत अवस्थामा फेला परे

ठमेलमा चिनियाँ नागरिक मृत अवस्थामा फेला परे


काठमाण्डु- काठमाण्डुको ठमेलमा एक जना चिनियाँ नागरिक मृत अवस्थामा फेला परेका छन् । आइतवार काठमाण्डु-१७, ठमेल क्वाबहालस्थित नेपालय होम होस्टलमा चिनियाँ नागरिक ४७ वर्षीय बाओ ग्वाङ मृत अवस्थामा फेला परेका हुन् ।

माघ १० गतेदेखि उनी नेपालय होम होस्टलमा बस्दै आएका थिए । शनिबार मृत अवस्थामा फेला परेपछि होस्टलका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको छ । पोष्टमार्टम प्रतिवेदनबाट उनको मृत्युको कारण खुल्नेछ ।