मुगु – जिल्लाको खत्याड गाउँपालिका–२ गाडेखोला बस्ने ३० वर्षीया सरस्वती सन्ज्यालका छोराछोरीको आगोमा जलेर मृत्यु भएको छ ।
उनका छोरा १४ वर्षीय विशाल सन्ज्याल र छोरी १२ वर्षीया झरना सन्ज्यालको आगलागीमा जलेर गए राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
सरस्वतीले आफ्नै जस्तापाताले छाएको कच्ची घरको भूइँ कोठामा आगो बालेर सुतिरहेको अवस्थामा आगलागी भएको तथा घरभित्र रहेका उनका छोराछोरी फेला नपरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रातापानी तथा प्रहरी चौकी श्रीकोटरोल समेतबाट खटिएको प्रहरीले स्थानीय वासिन्दाको सहयोगमा आगलागी निभाउने क्रममा दुवै जनाको शव फेला परेको छ ।
आगलागी सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया