काभ्रे – पनौती नगरपालिका–१२ गोठखोला दोभानस्थित रोडा ढुंगा उद्योगमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।
भालेश्वर रोडा ढुंगा उद्योग प्रालिमा विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लागेर मोरङको विराटनगर महानगरपालिका–१२ बस्ने ३० वर्षीय नबिनकुमार साहको मंगलबार बिहान मृत्यु भएको छ ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको शिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको छ ।
घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया