काठमाण्डु- दाङमा ड्युटीमा खटिएकी महिला प्रहरीको गोली हानी हत्या भएको छ ।
घोराही उपमहानगरपालिकाको दामोदर चोकमा ड्युटीमा खटिएकी महिला प्रहरी गुरुङमाथि धनमाया गुरुङमाथि बिहीवार बेलुकी गोली प्रहार भएको हो । उनलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको र उपचारको क्रममा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
धनमाया माथि उनकै श्रीमान सहायक हवल्दार यमबहादुर झाँक्रीले गोली हानेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख कुबेर कडायत बताएका छन् । घटनाबारे थप विवरण खुल्न बाँकी भएको र अनुसन्धान जारी रहेको जनाइएको छ ।




प्रतिक्रिया