बारामा शंकास्पद वस्तु विस्फोट: मृतकको संख्या ३ पुग्यो

बारामा शंकास्पद वस्तु विस्फोट: मृतकको संख्या ३ पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- बाराको निजगढमा शंकास्पद वस्तु विस्फोटमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । विस्फोटमा परी घाइते भएका वीरगञ्ज ९ का रितु रजतको बयोधा अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो ।

वर्कसप सञ्चालक ४५ वर्षका रेशम, भारतका राकेश जैसवाल र वीरगञ्ज -९ का रितु रजतको बयोधा अस्पतालमा उपचारका क्रममै सोमबार मृत्यु भएको थियो । उक्त घटना अनुसन्धानको लागि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा एक नेपाली र एक भारतीय नागरिक रहेका छन् । बारा प्रहरीका अनुसार घटनाको अनुसन्धानका क्रममा कवाडी किन्ने भारतका रमेश जैसवाल र निजगढका टिकाराम पाख्रिनलाई पक्राउ गरेको छ । निजगढ नगरपालिका ७ मा रेशम मगरले सञ्चालन गरेको रोहित वर्कसपमा ग्याँस वेल्डिङ गर्ने क्रममा सोमबार मध्याह्न विस्फोट भएको थियो ।