सिरहा – जिल्लाको लहान नगरपालिका–१९ छारापट्टी बस्ने २८ वर्षीय जितेन्द्र महतोको करेन्ट लागेर मृत्यु भएको छ ।
सुखिपुर नगरपालिका–८ महलिया बस्ने चन्द्र शेखर साहको छोरीको विवाहमा टेन्ट हाउसको तार जोड्ने क्रममा विद्युत् सर्ट भई करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको आरके मेडिसिटी मुसहरनिया अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको छ ।
उनको मृत्यु सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया