कालीकोटमा करेन्ट लागेर दुई जनाको मृत्यु

कालीकोटमा करेन्ट लागेर दुई जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- कालीकोटमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । नरहरीनाथ गाउँपालिका-८ मा करेन्ट लागेर आज बिहान लालुका गाउँका ४३ वर्षीय केशवराज थापा र उनका २७ वर्षीय भतिज गङ्गा थापाको मृत्यु भएको हो ।

विद्युत्को सवस्टेशनबाट चाखा काल्ढुङ्गा भन्ने स्थानमा सबलाइन विस्तार गर्ने क्रममा करेन्ट लागेको नरहरीनाथ गाउँपालिकाका प्रवक्ता तथा वडा नं ९ का वडाध्यक्ष प्रदीप बोहोराले राससलाई जानकारी दिए ।

“गाडेको विद्युत्को पोल अन्यत्र सार्न खोज्दा पोलको टुप्पोले विद्युत् प्रवाह भइरहेको तारलाई छुँदा करेन्ट लागको हो”, उनले भने, “दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको हो ।”