करेन्ट लागेर काका–भतिजाको मृत्यु

करेन्ट लागेर काका–भतिजाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कालीकोट – करेन्ट लागेर कालीकोटमा काका–भतिजाको मृत्यु भएको छ ।

नरहरीनाथ गाउँपालिका–८ मा विद्युत् पोल सार्ने क्रममा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ ।

बिहान साढे ८ बजे करेन्ट लागेर वडा नम्बर ८ का ४३ वर्षीय केशव थापा र २७ वर्षीय गंगा थापाको मृत्यु भएको नरहरीनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर बिष्टले बताए । केशव थापा मगलासैनी माविका प्रावि स्थायी शिक्षक हुन् ।

प्रयोगविहीन रहेको पोल पुनः प्रयोग गर्नका लागि सार्ने क्रममा मृत्यु भएको हो । नरहरीनाथ गाउँपालिका प्रवक्ता तथा वडा नम्बर ९ का वडा अध्यक्ष प्रदीप बोहोराले नयाँ लाइनमा विद्युत् प्रवाह भइरहेका बेलामा सँगै रहेको पुरानो पोल उखेलेर अन्यत्र सार्ने क्रममा लाइन छुँदा करेन्ट लागेको जानकारी दिए ।

राष्ट्रिय प्रशारण लाइनमै पोल ठोक्किएकाले पोल समाइरहेका काका–भतिजाको मृत्यु भएको छ ।