हिरासतबाट भागेका थुनुवालाई समात्न खोज्दा घाइते भएका प्रहरी जवानको मृत्यु

हिरासतबाट भागेका थुनुवालाई समात्न खोज्दा घाइते भएका प्रहरी जवानको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दार्चुला – दार्चुला जिल्लामा भागेका थुनुवालाई समात्न खोज्दा भीरबाट लडेर घाइते भएका १ प्रहरी जवानको उपचारका क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत ३० वर्षीय सोहन चौधरीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । आज सोमबार बिहान साढे ११ बजेतिर जिल्ला प्रहरी कार्यालय पछाडि रहेको भीरबाट लडेर प्रहरी जवान सुवान चौधरी घाइते भएका थिए ।

प्रहरी कार्यालयको थुनुवा कक्षमा रहेका महाकाली नगरपालिका–१ का उमेशसिंह कुँवर मुद्दा फाँटमा सोधपुछका क्रममा हतकडीसहित भागेकोमा उनलाई समात्न खोज्दा प्रहरी जवान चौधरी भीरबाट लडेका थिए । उनी प्रहरी कार्यालयको पछाडिको भागबाट हाम फालेर महाकाली नदीमा पौडी खेल्दै भारततिर फरार भएकोमा उनलाई भारतपट्टिका गोरखा रेजिमेन्टले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय दार्चुलालाई बुझाएको छ ।

माघ ७ गते २ जना प्रहरीमाथि चक्कु प्रहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको थियो । फागुन २० गते प्रहरीले महाकाली नगरपालिका–४ पुलघाट क्षेत्रबाट उनलाई पक्राउ गरेको छ । पक्राउ परेका कुँवरमाथि प्रहरीले अपहरण तथा बन्धक, ज्यान मार्ने उद्योग र जबरजस्ती करणीको मुद्दा दर्ता गरेर अनुसन्धान गरेको छ ।