काठमाण्ड- दाङमा करेन्ट लाग्दा एकै घरका तीन जनाको मृत्यु भएको छ । शनिवार दिउसो देउखुरीको राप्ती गाउँपालिका ३ मा विद्युत्को तार चुडिएर करेन्ट लाग्दा का ६० वर्षीय गोरखबहादुर केसी, उनकी श्रीमती ५५ वर्षीया दिलसरा र चार वर्षीय नाती कृष्णको मृत्यु भएको हो ।
घर अगाडि खेलिरहेका नातीलाई करेन्ट लागेपछि बचाउन गएका हजुरआमा र हजुरबुबालाई पनि करेन्ट लागेको थियो । करेन्ट लागेर तीनैजना गम्भीर घाइते भएका थिए । घाइतेमध्ये हजुरआमा र नातीको लमही अस्पतालमा र हजुरबुबाको बुटवलमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।




प्रतिक्रिया