फोहोर फाल्ने पोखरीमा डुबेर २ बालकको मृत्यु

फोहोर फाल्ने पोखरीमा डुबेर २ बालकको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनकुटा – जिल्लाको धनकुटा नगरपालिका–१० मार्गामा फोहोर फाल्ने पोखरीमा डुबेर २ बालकको मृत्यु भएको छ ।

नजिकै रहेको विजय पोल्टी फार्मले छेउमा निर्माण गरेको पोखरीमा डुबेर स्थानीय ११ वर्षीय मनिष खतिवडा र वडा नम्बर ९ का १५ वर्षीय दिपेश ओझाको मृत्यु भएको छ ।

घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक अनिलकुमार शाहले बताए ।