यी हुन् भारतको नैनीतालमा सवारी दुर्घटना हुँदा ज्यान गुमाउने ७ नेपाली

यी हुन् भारतको नैनीतालमा सवारी दुर्घटना हुँदा ज्यान गुमाउने ७ नेपाली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- भारतको नैनिताल नजिकैको बेतालघाट क्षेत्रको एक पिकअप दुर्घटना हुदा सात नेपाली मजदुरको मृत्यु भएको छ ।

भारतीय मिडियाहरुले मल्ल गाउँस्थित उन्चकोट मोटर सडकमा पिकअप दुई सय मिटर गहिरो खाल्डोमा खसेको बताएका छन् । दुर्घटनामा चालकसहित आठ जनाको मृत्यु भएको छ । गाडीमा सवार दुई नेपाली मजदुर पनि गम्भीर घाइते भएका छन् ।

प्रहरी टोली घटनास्थलमा पुगेर स्थानीयवासीको सहयोगमा उद्धार कार्य सुरु गरेको प्रहरीलाई उदृत गर्दै मिडिया रिपोर्टमा उल्लेख छ । गाडीमा ९ नेपाली कामदार रहेको प्रहरीले बताएको छ ।

उक्त क्षेत्रमा खानेपानीको लाइन बिछ्याउने काम सकेर सबैजना फर्कदै गर्दा उक्त दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाएका नेपाली मजदुरहरूमा ४० वर्षका अनन्तराम चौधरी, ५० वर्षका बिसराम, ४५ वर्षका धिरज,  ३८ वर्षका विनोद चौधरी, ५५ वर्षका उदयराम चौधरी, ४५ वर्षका तिलकराज चौधरी, ६० वर्षका गोपाल रहेका छन् ।