बाँके – जिल्लाको बैजनाथ गाउँपालिका–६ गरैचोकमा सडक दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
भे११प ५२२१ नम्बरको मोटरसाइकल र भे७प ९२०९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाएर शुक्रबार बिहान दुर्घटना हुँदा भे११प ५२२१ नम्बरको मोटरसाइकल चालक कोहलपुर नगरपालिका–८ बस्ने ४३ वर्षीय हरीप्रसाद अधिकारीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका भे७प ९२०९ नम्बरको मोटरसाइकल चालकको उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया