बसको ढोकाबाट खसेर १ जनाको मृत्यु

बसको ढोकाबाट खसेर १ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्याङ्जा – जिल्लाको वालिङ नगरपालिका–१३ बायाटारीस्थित सडकमा बसको ढोकाबाट खसेर १ जनाको मृत्यु भएको छ ।

बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु१ख ६८९७ नम्बरको बसबाट खसेर सर्लाहीको मलंगवा नगरपालिका–६ घर भई स्याङ्जाको गल्याङ नगरपालिका–१ खहरे बस्ने २० वर्षीय अमित साहको सोमबार बिहान मृत्यु भएको छ ।

बसबाट खसेर पछाडिको टायरमुनि च्यापिँदा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको छ ।

बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।