स्कुटर दुर्घटना हुँदा १ महिलाको मृत्यु


सर्लाही – जिल्लाको ईश्वरपुर नगरपालिका–४ सागरनाथस्थित सडकमा स्कुटर दुर्घटना हुँदा महिलाको मृत्यु भएको छ ।

फुलजोरबाट सागरनाथतर्फ जाँदै गरेको बा५४प ६३०७ नम्बरको स्कुटर आफैं अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा चालक ४० वर्षीया देवी माया थापा मगरको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका स्कुटरमा सवार उनकै ११ वर्षीय छोराको मोडल अस्पताल लालबन्दीमा उपचार भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement