मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु


सप्तरी – जिल्लाको बोदेबर्साइन नगरपालिका–५ जाजर पुलस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

अर्नाहाबाट देउरीतर्फ जाँदै गरेको प्रदेश २–०३–०२५ प २२४० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार बोदेबर्साइन नगरपालिका–९ बस्ने ४० वर्षीय बद्री यादवको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जीवन ज्योति अस्पताल बोदेबर्साइनमा उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement