रुपन्देही र अछाममा चट्याङ लागेर २ जनाको मृत्यु


काठमाण्डु – रुपन्देही र अछाममा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ ।

रूपन्देहीको गैडहवा गाउँपालिका–१ गैडहवा बस्ने ५३ वर्षीया ज्ञानमती थारूको चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको छ ।

बाख्रा चराउने भनी गएकी उनको चट्याङ लागेर मृत्यु भएको छ ।

अछामको रामारोशन गाउँपालिका–७ सुतार बस्ने कमल भण्डारीको घरमा सोमबार बेलुकी चट्याङ पर्दा कमलको छोरा ६ वर्षीय गौरव भण्डारीको घटनास्थलमै मृत्यु भएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement