ललितपुरमा पूर्वमन्त्री थममायाका पीए दम्पतीको निसास्सिएर मृत्यु

ललितपुरमा पूर्वमन्त्री थममायाका पीए दम्पतीको निसास्सिएर मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – ललितपुरस्थित एक स्वास्थ्य क्लबको बाथरुममा नुहाउने क्रममा निसास्सिएर एक दम्पतिको मृत्यु भएको छ ।

ललितपुर महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार तिखेदेवलस्थित फिट एन्ड फाइन एरोबिक क्लबको साउनामा नुहाउने क्रममा ४२ वर्षीय हस्त गर्बुजामगर र उनकी श्रीमती ३९ वर्षीया नेत्रकुमारीको मृत्यु भएको हो ।

हस्त गर्बुजामगर पूर्वमहिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाका स्वकीय सचिव (पीए) भएको बताइएको छ ।

एसएसपी राईका अनुुसार उनीहरू बुधबार राति माथि उल्लिखित क्लबमा गएका थिए र राति क्लबको बाथरुमको साउना (तातो आउने विशेष व्यवस्था भएको) मा नुहाउन पसेका थिए ।

धैरैबेर ननिस्केपछि बाथरुमको ढोका खोलेर हेर्दा उनीहरू बेहोस भेटिएका थिए । यद्यपि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।