बसबाट लडेर १ बालिकाको मृत्यु


ललितपुर – जिल्लाको गोदावरी नगरपालिका–१० टाखेलस्थित सडकमा बा४ख ७०४ नम्बरको बसबाट लडेर महांकाल गाउँपालिका–६ ठुलादुर्लुङ बस्ने रेनिसा दाहाल संजेलकी छोरी ४ वर्षीया आर्या संजेलको बिहीबार बिहान मृत्यु भएको छ ।

बसबाट लडेर गम्भीर घाइते भएकी उनको बज्रबराही अस्पताल चापागाउँ हुँदै बीएण्डबी अस्पताल ग्वार्कोमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement