काठमाण्डु – देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।
काठमाण्डु महानगरपालिका–१४ कलंकीस्थित सडकमा बा५ख २९६७ नम्बरको बसको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूषको बुधबार बिहान मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कपिलवस्तुको विजयनगर गाउँपालिका–५ कटुवास्थित सडकमा ठाकुरापुरबाट विजयनगर पिपरीतर्फ जाँदै गरेको यूपी ४७ एन ०३२७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री स्थानीय ६४ वर्षीया खिरताजी पासीको बुधबार बिहान मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको संजिवनी सामुदायिक अस्पताल चन्द्रौटा हुँदै आधारभूत स्वास्थ सेवा अस्पताल चन्द्रौटामा थप उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको संजिवनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी, सिरहाको औरही गाउँपालिका–३ खजनपुरस्थित सडकमा मधेश प्रदेश ०१–००१ त २६४६ नम्बरको ट्रयाक्टरको ठक्करबाट स्थानीय ७४ वर्षीय जगदिश ठाकुर बरहीको बुधबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल सिरहामा उपचारको क्रममा मृत्यु भएको छ ।
हाल फरार ट्रयाक्टर चालकको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया