सुर्खेत दुर्घटनाका दुवै मृतकको सनाखत

सुर्खेत दुर्घटनाका दुवै मृतकको सनाखत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुर्खेतको कटकुवामा भएको बस दुर्घटनामा मृत्यु भएका दुवै मृतकको सनाखत भएको छ ।

दुर्घटनामा दैलेखको डुंगेश्वर गाउँपालिका–६ का २२ वर्षीय भिमसेन राना र बर्दियाको ठाकुरबाबा नगरपालिका–३ का अन्दाजी ७० वर्षीय शेरबहादुर खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार दिउँसो साढे १ बजे दैलेखको दुल्लु नगरपालिका–११ भुकाहाँबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२ ००१ ख ०८५२ नम्बरको मिनीबस सुर्खेत–दैलेख सडक खण्डको कटकुवामा दुर्घटना भएको थियो ।