झापा र धनुषामा डुबेर ३ जनाको मृत्यु

झापा र धनुषामा डुबेर ३ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – झापा र धनुषामा डुबेर ३ जनाको मृत्यु भएको छ ।

झापाको मेचीनगर नगरपालिका–१५ सतार बस्तीस्थित मेची खोलामा डुबेर स्थानीय ५१ वर्षीय भाङ्गी हेमरनको मृत्यु भएको छ ।

धनुषाको जनकपुर उपमहानगरपालिका–२० रूपैठास्थित साउजी पोखरीमा डुबेर स्थानीय जयनारायण महतोका छोरा ६ वर्षीय शिवनन्दन महतो र राकेश पासवानका छोरा ६ वर्षीय आदित्य पासवानको मृत्यु भएको छ ।

नुहाउने क्रममा डुबेर अशक्त भएका उनीहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।