छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर ३ जनाको मृत्यु

छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर ३ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – देशका विभिन्न स्थानमा करेन्ट लागेर ३ जनाको मृत्यु भएको छ ।

रूपन्देहीको गैडहवा गाउँपालिका–९ सिमरहवा बस्ने ३८ वर्षीया उषा हरिजनको करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको छ । आफ्नै घरभित्र टेबुल पंखा सफा गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको सिटी अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको छ ।

झापाको दमक नगरपालिका–२ बस्ने ६२ वर्षीय खगेन्द्र राईको करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको छ । आफ्नै घरमा जस्तापाताको ट्रस्ट लगाउने क्रममा बिजुलीको पोलको तारमा जस्तापाता छुन गई करेन्ट लागेर गम्भीर घाइते भएका उनको आम्दा अस्पताल खरखरे दमकमा उपचारको क्रममा मृत्यु भएको छ ।

काठमाण्डु महानगरपालिका–२ लाजिम्पाटस्थित होम सेन्टर फर चायल्ड डेभलपमेन्टको भवनमा प्लम्बरको काम गर्ने क्रममा करेन्ट लागेर भारतको बंगाल घर भएका ६० वर्षीय काम देव विश्वालको बिहीबार बिहान मृत्यु भएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको छ ।

घटनाहरू सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।